Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध निरन्तर जुध्ने माधव नेपालको अठोट


    शनिबार, साउन ३० २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर जुधिने बताएका छन् ।

    शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा ‘कम्युनिष्ट आन्दोलन, अवसर  र अवसरवाद’ नाममा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपाललले गलत प्रवृतिकोविरुद्ध सम्झौता नगर्ने बताए। 

    कम्युनिष्ट आन्दोलनभित्र थुप्रै समस्याहरु रहेको भन्दै नेता नेपालले चुनौतिबिनाको कुनै पनि पार्टी नभएको टिप्पणी गरे। 

    ‘तर नेपाल कम्युनिष्ट आन्दोलनको सामु निकै ठूलो सम्भावना छ। जनविश्वास अलिकति खस्किएको भएता पनि फेरि पनि मैदान खालि नै छ, नेता नेपालले भने,  ‘त्यसैले समयमै हाम्रो आँखा खुल्नुपर्दछ’।

    उनले नेकपा एमालेले पाएको अवसर पनि गुमाएको भन्दै भने,  ‘के भयो मंगले, आफ्नै ढंगले भनेजस्तै भयो । अहंकार हाबी भयो। व्यक्तिवाद हाबी भयो। स्वार्थ हाबी भयो। धेरै खालका विकृति र विसंगति देखा प रे।  यी सबै चिज नै समस्याको जड हो। यो समस्यासँग जुध्ने कि त्यसैको मुनि छिर्ने ? प्रश्न त्यहाँ छ’,नेपालले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार