Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै


    शनिबार, साउन ३० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।   माओवादी केन्द्रका  प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजदेखि शुरु हुने केन्द्रीय  समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

    बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल  हुने भएको छ। यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसड डाँडामा हिजो बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । दाहालले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देशन दिएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार