Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेसका २२ जना केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा दिने चेतावनी


    शुक्रबार, साउन २९ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

    शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा लागू नभएको भन्दै सामूहिक रुपमा राजीनामाको चेतावनी दिएका हुन् ।

    आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले आफूहरुका माग पुरा नभए राजीनामा दिने चेतावनी दिएको बताए ।

    नेपाली काँग्रेसका केन्द्र, जिल्ला, क्षेत्रका लागि स्वतः प्रतिनिधि हुन पाउने व्यवस्था लागु गर्नुपर्यो भनेर कसरेकाे बताउँदै त्यो लागु भएन  आफूहरूले सामुहिक राजीनामा दिने केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

    यी हुन् सामूहिक रुपमा राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरु

    १. नन्दनकुमार दत्त (सुनसरी)
    २. कुमार खड्का (कास्की)
    ३. बालकृष्ण पाण्डेय (नेजस भारत)
    ४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
    ५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
    ६. हसन अन्सारी (मोरङ)
    ७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
    ८. रमा कोइराला पौडेल (सुनसरी)
    ९. कृष्णकिशोर घिमिरे (दाङ)
    १०. गोपालकुमार बस्नेत (झापा)
    ११. सुधीरकुमार शिवाकोटी (झापा)
    १२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
    १३. ध्रुव वाग्ले (तनहुँ)
    १४. मोहनसिंह राठौर (कैलाली)
    १५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
    १६.अभिषेक प्रताप शाह (कपिलवस्तु)
    १७. दयाराम पाण्डे (लम्जुङ)
    १८.जनकराज कलौनी (डडेल्धुरा)
    १९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
    २०.दिलीप राई
    २१.आशाराम चौधरी
    २२.राजेन्द्रबहादुर सिंह

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार