Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवा सरकारको एक महिना निराशाजनक, मन्त्रिमण्डलले नै पाउन सकेन पूर्णता


    शुक्रबार, साउन २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले आइतबार एक महिना पूरा गर्दा पनि मन्त्रिपरिषद्लाईसमेत पूर्णता दिन नसक्दा जनताहरूमा निराशा छाएको छ । 

    ‘हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरू हुन्छ’ भनेजस्तै प्रधानमन्त्री देउवाले एक महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि आलोचित बनेका छन् । 

    ओली सरकारलाई विस्थापित गर्न कम्मर कसेर लागेका गठबन्धनमा आवद्ध दल कांग्रेस, माओवादी, जसपा, एमालेको नेपाल समूह र राष्ट्रिय जनमोर्चाबीच भागबण्डामा कुरा नमिल्दा अहिलेसम्म सरकारले पूर्णता पाउन नसकेको हो । 

    ओली सरकारले महङ्गी बढाएको आरोप लगाएका गठबन्धनले अहिले आफ्नो सरकारले त्यसलाई नियन्त्रण गर्न सकेको छैन । 

    ओली सरकारमाथि गम्भीर आरोप लगाएर बनेको वर्तमान सरकारले आफ्नो कार्यकाल एक महिना बिताउँदा जनतालाई प्रभाव पार्ने काम गर्न सकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार