Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सर्वोच्चमा पेशी चढेको कांग्रेसका पूर्वमन्त्री आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा


    शुक्रबार, साउन २९ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ ।

    आज न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । 

    पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ । 

    आलम २७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएर इँटाभट्टामा मजदुरलाई जिउँदै जलाएको अभियोगमा थुनामा छन् ।

    नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए । 

     
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार