काठमाडौं । नेपाली राजनीतिमा लामो योगदान भएका नेताहरु पनि पार्टी सत्तामा पुगेको बेला आफन्तलाई लाभका पदमा नियुक्ति दिलाउन लालायित हुनेगरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि राजनीतिक नियुक्तिका लागि दौडधूप गर्ने क्रम बढेको छ ।
नियुक्तिका लागि नेपाली कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी युवराज भूसाल पनि लागेका छन् । सम्धीलाई राजनीतिक नियुक्ति दिलाउनका लागि नेता पौडेल पनि लागेका छन् । नेपाल सरकारको विशिष्ट श्रेणीबाट अवकाश पाएपछि कांग्रेसकै नेताको सम्धी भएबापत भूसालले २ पटक नियुक्ति पाइसकेका छन् ।
२०७४ कात्तिक ६ मा राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्ति पाएका र २०७४ फागुन ३ मा केपी ओली प्रधानमन्त्री भएपछि राजीनामा दिएका भूसाल अहिले पुनः प्राधिकरण नै ताकिरहेका छन् । प्राधिकरणको अवधि सकिन लागेकाले उनी अर्को आकर्षक ठाउँ खोजिरहेका छन् ।
प्राधिकरणमा भन्दा अघि पौडेलका सम्धी भूसालले सचिवबाट अवकाश पाउनासाथ २०७१ साउन ९ मा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नियुक्ति पाएका थिए । पौडेलले २०७० पछि सुशील कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकार हुँदा छोरा चिन्तन पौडेललाई २०७१ कात्तिक २४ मा गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमको प्रमुखमा नियुक्ति दिएका थिए । ओली सरकार गठनपछि २०७४ चैत ४ मा पौडेलले तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीसमक्ष राजीनामा दिएका थिए ।
यसअघि एमालेका महासचिव इश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई सातौं पटक नियुक्ति दिइएको बिषयमा चर्को आलोचना भएको थियो । सातौं पटक राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाउनेगरी बोर्ड सदस्य बनाएपछि उक्त निर्णयको चर्को बिरोभ एमालेपंक्तिबाटै भएको थियो । जसका कारण उनको अध्यक्ष नियुक्ति हुन सकेन । अध्यक्ष नभएपछि उनले बोड सदस्र्यबाट राजीनामा दिएका थिए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend