Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशन समयमै गर्नुपर्ने भन्दै देउवाको निवास अगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन


    बिहिबार, साउन २८ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । १४ औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

    सबल कांग्रेसका लागि हाम्रो अभियानुमा आवद्ध सातै प्रदेशका नेता तथा कार्यकर्ताले बिहीबार दिउँसो प्रतिनिधिमुलक रूपमा प्रदर्शन र धर्ना दिएका हुन् । 

    समयसीमाभित्रै महाधिवेशन सुनिश्चित गर्न दवाव दिन महाधिवेशन सुनिश्चित गरौंजस्ता लेखिएका प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेको नेता रञ्जित कर्णले बताए । साथै समायोजनका नाममा क्रियाशील सदस्यताको धाँधली बन्द गर्न पनि उनले माग गरेका छन् ।

    ‘कांग्रेसले विधान र संविधानलाई कांग्रेसले पालना गर्नुपर्छ । विधानमा चार वर्षमा महाधिवेशन गर्ने भनेको छ । तर एक वर्ष थपेर संविधानअनुसार छ महिना अझै थप गर्दा पनि महाधिवेशन सुनिश्चित भएन,’ उनले भने ।

    उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ ।

    बिहीबार सभापति देउवा निवासमा कांग्रेसको केन्द्रीय समिति बैठक छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार