Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद महतकाे प्रश्न: कुलमानबाहेक राम्रो काम गर्ने अरू कोही थिएन ?


    बिहिबार, साउन २८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन:नियुक्ति गरेकोमा प्रश्न उठाएका छन् ।

    सांसद महतले सरकारले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको हाे ? भन्दै प्रश्न गरेका छन् । 

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै उनले सरकारले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको हाे ? कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गरेका हुन् ।

    ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले भने ।

    सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन उनले आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार