Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवाकाे आरोप: साझा न्यूनतम कार्यक्रममा एमसीसी समेट्न खाेजेकाे हाे, प्रचण्ड मानेनन्


    बिहिबार, साउन २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनमा मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) किन नसमेटेकाे भन्ने प्रश्नमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएका छन् ।

    देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना एमसीसी समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएपछि कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको बताएका छन् ।

    नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाउँदै ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ? भनी प्रश्न गरेका थिए ।

    जवाफमा देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’

    स्रोतका अनुसार, निधिले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोजेका थिए । उनले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताए ।

    प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार