Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुलप्रसाद केसी मुख्यमन्त्री बन्दै, आजै नयाँ सरकार बनाउने गठबन्धनको तयारी


    बिहिबार, साउन २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुले सरकार नेतृत्वका लागि दाबी पेस गर्दै छन् । 

    बुधबार दिउँसो मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज (बिहीबार) दिउँसो तीन बजेसम्मको समय दिएर दलहरुलाई सरकारमा दाबी पेस गर्न भनेका थिए । 

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको कांगेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए ।

    विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । ‘हामी सरकारको दाबी गर्न १० बजे नै जान्छौं,’ नेता कनोडियाले भने, ‘आज नै सानो आकारको मन्त्रिमण्डल बन्छ।’

    ८० सदस्यीय प्रदेशसभामा एमालेको ३८, कांग्रेसको १९, माओवादी केन्द्रको १८ (सभामुखबाहेक), जसपाको ३ र राष्ट्रिय जनमोर्चाको एक सांसद रहेका छन् ।

    माओवादीका केसीलाई ४१ जना सांसदको समर्थन रहने छ । सरकारको समयावधि करिब १६ महिना रहेको अवस्थामा कांग्रेस र माओवादीले ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेको बताइएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार