Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेश प्रमुखद्वारा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान


    बुधबार, साउन २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र अर्को सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका हुन् ।

    प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई न्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् ।

    मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम  मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका थिए ।

    हेर्नुहोस् प्रदेश प्रमुख कार्यालयको पत्र

    lumbini-2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार