Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख भन्छन्: एमसीसी हरेक नागरिकको चासो र चिन्ताको विषय हाे, राष्ट्रिय सहमतिमा पारित गर्नुपर्छ


    बुधबार, साउन २७ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) राष्ट्रिय सहमति कायम गरेर पारित गर्नुपर्ने बताएका छन् ।

    बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले हरेक नागरिकको चासो र चिन्ताको विषय भएकाले राष्ट्रिय सहमतिमा एमसीसी पारित गर्नुपर्ने बताएका हुन् । 

    उनले एमसीसीबारे आफूले तटस्थ भएर अध्ययन गरिरहेको पनि जानकारी दिए ।

    एमसीसी संसदमा दर्ता भएको छ । तर, प्रतिनिधि सभा बैठकमा प्रस्तुत नगरेको आरोप लागेका सभामुख सापकोटाले एमसीसी पारित गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति हुनुपर्ने बताए ।

    यदी संसदम प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति हुन नसके सत्ता गठबन्धनमा रहेका दलहरुबीच भने पनि सहमति हुनुपर्नेमा उनको जोड छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार