Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुलमानको नियुक्तिमा बाबुरामको प्रतिक्रिया- कस्ता दिन आए !


    बुधबार, साउन २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आज पुनः प्राधिकरणमै पदबहाली गर्दैछन् । 

    घिसिङको पुनः नियुक्ति भएसँगै कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग जस्ता कुराहरु आइरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस विषयमा भएको प्रचारबारे प्रश्न उठाएका छन् । 
     
    कुलमानको नियुक्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव, प्रधानमन्त्री शेरबहादुर देउवाको सहमति र ऊर्जामन्त्री पम्फा भुसालको सहयोगमा भएको भन्ने खालको समाचार बाहिर आएपछि भट्टराईले असन्तोष प्रकट गरेका हुन् ।
     
    घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको भट्टराईको भनाइ छ ।
     
    सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा। भट्टराईले भनेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ, बधाइ । तर, उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ रु कस्ता दिन आए….!!’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार