Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड–माधव नेपाल भेटवार्ता, सरकारमा सहभागी गराउने प्रयास


    मंगलबार, साउन २६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार साँझ भेटवार्ता भएको छ । एमालेको एकता प्रक्रिया भाँडिंदै गएको मौकामा प्रचण्ड नेता नेपाललाई भेट्न पुगेका हुन् । यसअघि पनि एमालेभित्र एकताको कुरा अगाडि बढिरहँदा प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुग्ने गरेका थिए । 

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुलाई फकाउने र लोभ्याउने गर्दै तान्ने तर एकताका नामा अध्यक्ष दिन नसकिने भनिसकेका छन् । र, ओलीले एमालेमा अध्यक्ष शक्तिशाली बनाउने गरी बिधान संशोधन गरिसकेका छन् ।

    प्रचण्ड माधव नेपाललाई एमालेबाट अलग गराउने र सरकारमा सहभागी गराउने प्रयासमा छन् । त्यसका लागि नै सरकार समेत बिस्तार हुन सकेको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार