काठमाडौं । काठमाडौं महानगरीय प्रहरीले सोमबार हुण्डि कारोबार गरेको आरोपमा चार जना पक्राउ गरेकाे छ ।
काठमाडौं– २२ गणवहाल क्षेत्रमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली परिचालन गरि गणवहालस्थित तनुज ईन्टरप्राइजेज प्रा.लिमा चेकजाँच गर्दा संचालक तरुण अग्रवालसहित ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौंका ५३ वर्षीय अग्रवाल, तनँहु भिमाद १ का २५ वर्षीय नितेश श्रेष्ठ, रामेछाप देउराली २ का २९ वर्षीय नरवहादुरर खडका र काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाइँ छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँले दिएको जानकारीअनुसार यही साउन २५ गते सोमबार हुण्डी कारोबार गरिरहेको अवस्थामा उनीहरूकाे साथबाट ९१ लाख ९६ हजार रुपैयाँसहित १७ थान चेक, डिपोजित स्लिप थान ८ बरामत गरिएकाे हो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी सम्पत्ति सुद्दिकरण विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।