Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म आगो हुँ भन्ने प्रचण्डलाई ओलीकाे कटाक्ष: ‘यस्ता आगोमा पानी खन्याउन हाम्लाई राम्राेसँग आउँछ’


    मंगलबार, साउन २६ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगोसँग नखेल्न माओवादी अध्यक्ष प्रचण्डले दिएको चेतावनीप्रति कटाक्ष गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बाेल्दै ओलीले सरकार फेरिने बित्तिकै प्रचण्डले म आगो हुँ मसँग नखेल भनेर चेतावनी दिएकाे भन्दै आफूलाई आगोमा पानी खन्याउन राम्राेसँग आउँने बताएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मात लिने प्रस्तावमाथिको छलफलमा क्रममा प्रचण्डले माओवादी आगो भएकाे उल्लेख गर्दै आगोसँग नखेल्न चेतावनी दिएका थिए ।

    ओलीले प्रचण्डले देशमा लगाएको डढेलो आफूहरुले निभाएको बताउँदै भने, ‘यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ।’

    उनले सरकार बन्न नपाउँदै प्रतिपक्षलाई धम्की दिइएको समेत आराेप लगाएका छन्।

    ‘प्रतिपक्षलाई गाली गरेर सरापेर, धम्क्याएर, नत्र……भनेर राष्ट्रिय सहमति? नत्र के गर्नुहुन्छ?’ ओलीले प्रश्न गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार