काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ ।
सोमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उनले आज अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन् । उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन ।