Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी ओलीले आज संसदमा सम्बाेधन गर्ने


    मंगलबार, साउन २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीबाट बर्खास्त भएपछि ओलीले पहिलाे पटक संसदमा सम्बाेधन गर्न लागेका हुन् ।

    दाेस्राे पटक संसद पुन:स्थापना भएपछि ओली प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिँदा विपक्षमा भाेट हाल्न संसदमा उपस्थित भएका थिए । त्यसपछि बसेका बैठकमा ओली उपस्थित भएनन् ।

    यस्तै आजकाे बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्वेत पत्र प्रस्तुत गर्ने भएका छन् । मुलुककाे वर्तमान अर्थतन्त्रका बारे देश र जनतालाई जानकारी दिन अर्थमन्त्रीले समय माग गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार