Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर नतिर्ने ५२ करदाताको नाम सार्वजनिक, एक महिनाभित्र कर नतिरे सेवा बन्द गरिने


    मंगलबार, साउन २६ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ ।

    विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । यसपछि केही सम्पर्कमा आए । आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन् भने केहीले विवरण पेश मात्र गरेका छन् । कतिपयले विवरण पेश गर्ने समय माग गरेका छन् भने कतिपय अझै सम्पर्कमा नआएका बताइएको छ ।

    सूचना प्रकाशन गरिएकामध्ये केही अझै सम्पर्कमा नआएका छैनन् । कामपा राजश्व विभाग प्रमुख डा शिवराज अघिकारीले भन्नुभयो “सार्वजनिक सूचना जारी गरिएको छ । लिखित÷मौखिक सूचनामार्फत पनि जानकारी दिइएको छ । तोकिएको समय सकिने बेला कार्यस्थलमा गएर ‘माइकिङ’ गरिएको छ । अटेर गर्नेलाई कानूनी कारबाही चलाउनुबाहेक विकल्प छैन । अनुरोध र सूचनाको अटेर गर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजश्व असुली गर्ने हो । ”

    सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा हालसम्म रु एक करोड ५३ लाख राजश्व बुझाएका छन् । यसरी दाखिला गर्नेमा सबैभन्दा बढी युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वल्र्ड टे«ड सेन्टर)को रु एक करोड छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले अगामी १२ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजश्व विभागमा निवेदन समेत दिनुभएको छ ।

    यसैगरी कामपा – १४ मा अवस्थित नेशनल हस्पिटलले रु २४ लाख र सोही वडाको शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख बुझाएर गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउनुपर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन नमानेको बताइएको छ । विगत २८ वर्षदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने लक्ष्य लिएको छ ।

    विभागका अनुसार समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरुप रकम वृद्धि हुँदै जान्छ । विभागले दुई वर्षदेखि कारोनाका कारण करदातामा समस्या परेको जनाउँदै जरिवाना करमा छुट दिएको छ । यसो गर्दा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले पटक–पटक ताकेता थालेको हो । करदाताकै सहजताका लागि कामपाले गत असोज १ गतेदेखि अनलाइन प्राणलीमार्फत राजश्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइनमा १६० करदाता जोडिएका छन् ।

    ५२ करतादाको नाम सार्वजनिक  

    कामपाले लामो समयदेखि घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम पछिल्लो पटक सार्वजनिक गरेको छ । यस्ता करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियामा जाने तयारी गरिएको जनाइएको छ ।

    क्र.सं  करदाताको नाम वडा नं. ठेगाना

    १. रविन्द्र बहादुर मल्ल १ लालदरबार

    २. दिव्य शम्सेर ज.व १ दरवारमार्ग

    ३. जय नेपाल हल १ दरवारमार्ग

    ४. इम्पेरियल अपार्टमेन्ट १ नक्साल

    ५. कान्तिपुर होटल १ दरवारमार्ग

    ६. शिशु अर्याल २ लाजिम्पाट

    ७. होटल ग्याङ्गजोङ्ग (हाल ले हिमालय) २ लाजिम्पाट

    ८. सिटी होटल्स २ लाजिम्पाट

    ९. शुभकामना हाउजिङ डेभलर्पस प्रा.ली. ४ भाटभटेनी

    १०. ओम सान इन्टरनेशनल कलेज९हेल्पिङ्ग ह्याडस० ७ चावहिल

    ११. गोपीकृष्ण मुभिज प्रा.लि. ७ गोपीकृष्ण नगर

    १२. झिग्मी सिग्मी पर्वल विष्ट ७ चुच्चेपाटी

    १३. काठमाडौं जेसिस ११ थापाथली

    १४. खाद्य संस्थान ११ थापाथली

    १५ .सिग्नेचर अपार्टमेन्ट १२ टेकु

    १६. अम्बे कम्प्लेक्स १२ टेकु

    १७. टाउन डेभलोपर्स प्रा.लि. १२ टेकु

    १८.राजेन्द्र कुमार कांवरा १३ रेडक्रस मार्ग

    १९. ब्लु बर्ड ईन्भेष्टमेन्ट १३ रेडक्रस मार्ग

    २०. होटल प्लाटिनियम १३ सोल्टीमोड

    २१. बुद्ध मल १६ माछापोखरी

    २२. सिद्धार्थ बनस्थली स्कुल १६ बनस्थली

    २३. जनमैत्री अस्पताल १६ बालाजु चोक

    २४. ब्याट्री कारखाना १६ बालाजु

    २५. होटल मर्स्याङ्दी १६ ठमेल

    २६. ह्वाईट फिल स्कूल १७ खुसिवु, नयाँबजार

    २७. प्रदीप रत्न ताम्राकार , उदय रत्न ताम्राकार र विजय रत्न ताम्राकार २० २०, २२, २५, वडामा रहेको घर

    २८. आदर्श नगर बिजनेश प्रा.लि. २२ पिपुल्स प्लाजा

    २९. बसुन्धरा तुलाधर २२ न्यूरोड

    ३०. रञ्जना ट्रेड सेन्टर २२ न्यूरोड

    ३१. केशा प्रोपर्टिज प्रा.लि. २२ न्यूरोड

    ३२ .बैशाली होटल प्रा.लि. २६ ठमेल

    ३३. नेपाल स्काउट २६ लैनचौर

    ३४. साझा भण्डार २७ भोटाहिटी

    ३५. राष्ट्रिय नाँचघर २७ जमल कान्तिपथ

    ३६. चेम्बर भवन २७ जमल कान्तिपथ

    ३७. कर्मचारी संचयकोष भवन २७ ठमेल, त्रिदेवीमार्ग

    ३८. नेपाल रेडक्रस सोसाइटी २८ प्रदर्शनी मार्ग

    ३९. नेपाल विद्युत प्राधिकरण २८ पुरानो बसपार्क

    ४०. नेशनल ट्रेडिङ्ग लिमिटेड २८ रामशाह पथ

    ४१. नेपाली जामे मस्जिद २८ दरवारमार्ग

    ४२. प्रवीण बहादुर के.सी. ३० शान्ता प्लाजा, ज्ञानेश्वर

    ४३. मैतीदेवी प्लाजा ३० डिल्लीबजार सडक, मैतीदेवी

    ४४. भरत गिरी (युनिभर्सल स्कूल) ३० डिल्लीबजार सडक, मैतीदेवी

    ४५.गगन विर सिंह कंसाकार ३० कम्प्युटर बजार, पुतलीसडक

    ४६. के।एल।टावर ३० ज्ञानेश्वर

    ४७. एपोलो प्रा।लि। ३० डिल्लीबजार सडक, मैतीदेवी

    ४८. सिटी सेन्टर ३० कमलपोखरी

    ४९. अजय राज सुमार्गी पराजुली ३१ बानेश्वर

    ५०. शिशु अर्याल (अल इन मार्ट) ३१ मिनभवन

    ५१. वरुण वेभरेज प्रा.लि. ३२ पेप्सीकोला काठमाडौं

    ५२. रिद्धिसिद्धि डेभलपर्स ३२ तीनकुने

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार