Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेविसंघ र अखिलका नेताहरूले गरे लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड


    मंगलबार, साउन २६ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । नेविसंघ र अखिल क्रान्तिकारीले बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन् ।

    त्रिविका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरेका पाठ्यक्रम बन्द गर्न दवाव दिंदै आज बिहान नेविसंघ र अखिल क्रान्तिकारीले क्याम्पस तोडफोड गरेका हुन् ।

    उनीहरूले क्याम्पस भवनको झ्लायमा रहेका सीसा फुटाउनुका साथै विभिन्न सामग्री तोडफोड गरेको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

    उनीहरूले लेखा शाखा, परीक्षा शाखालगायतमा तोडफोड गरि कम्प्युटर, कुर्सी र महत्वपूर्ण कागजातहरूसमेत भुइँमा फालिदिएकाे प्रशासनले बताएकाे छ ।

    विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सञ्चालन भइरहेका बिबिएस र एमबिएसका पठनपाठन चलाउन र एमबिए, बिबिए, एमबिएम लगायतका पाठ्यक्रम बन्द गर्न माग गरेका छन् ।

    क्याम्पसमा अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, अखिल (छैठौं) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार