Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा निर्वाचन आयोगमा अध्यावधिक


    सोमबार, साउन २५ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका ३५ सदस्यीय कार्यकारिणी समितिलाई अध्यावधिक गरेको छ । जसपाले महन्थ ठाकुरसहितका १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाउन गरेको निर्णयलाई आयोगले अध्यावधिक गरेको हो ।

    यो निर्णयसँगै ठाकुर पक्षका १६ सदस्यीय कार्यकारिणी समितिका सदस्य स्वतः हटेका छन् भने ठाकुरको जसपा अध्यक्ष पद पनि गुमेको छ । आयोगले यही साउन ११ गते जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको केन्द्रीय कार्यकारिणी समितिका अध्यावधिक गर्न पत्र आयोगलाई पत्र पठाउनुभएको थियो ।

    जसपाको निर्णयलाई आयोगको आज भएको बैठकले अध्यावधिक गरिएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार