Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले स्थायी समितिको बैठकमा ओलीलाई थर्काएर घरतिर हिँडे वामदेव गौतम


    सोमबार, साउन २५ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच चर्काचर्की परेकाे छ । चर्काचर्की परेपछि गौतम अपराह्न बसेको केन्द्रीय समिति बैठकमा सहभागी नै नभई घरतिर लागेका छन् । 

    ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमा बसेकाे एमालेको स्थायी समिति बैठकमा उपाध्यक्ष गौतम र अध्यक्ष ओलीबीच चर्काचर्की परेकाे हाे ।

    ‘जे पाए त्यही बोल्ने ? पार्टी अध्यक्षले मनलागी बोल्न पाइन्छ भने विधानमै व्यवस्था गर्नुपर्यो । मनलाग्दी बोल्ने जो कोहीलाई अनुशासनको कारबाही हुनुपर्यो,’ गौतम अध्यक्ष ओलीसँग जँगिए ।

    उनले भने,‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? मनपरी गर्न पाइँदैन ।’

    पार्टीमा अनुशासनहीन र गलत गर्ने जोसुकैमाथि कारबाही हुने चेतावनी दिंदै उनले भने, ‘पार्टीमा कसैले गल्ती गर्यो भने राजनीतिक कारबाही हुन्छ अध्यक्षले नै गल्ती गर्दा कारवाही हुने कि हुँदैन भन्दै थप प्रश्न समेत गरेका थिए ।

    ओलीले अध्यक्षका रुपमा मनलाग्दी गरेको आरोप लगाएउँदै उनले व्यङ्ग्य गर्दै भने,‘हाम्रो पार्टीका अध्यक्षलाई मनलाग्दी गर्दा पनि आममाफी हुनेछ भन्ने विधानमा किटानसाथ उल्लेख गरिनुपर्छ ।’

    गौतमले विधानमै कतिलाई अपराधी, देशद्रोही र गद्दार भन्न सकिने विधानमै उल्लेख गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका थिए ।

    आफूविरुद्ध कडा रुपमा बोल्न थालेपछि ओली पनि आक्रोशित भए । त्यसपछि दुवैबीच चर्काचर्की भयो । गौतम बैठकबाट निस्किएर हिंडे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार