Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विधान संशोधन प्रस्ताव : अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी केन्द्रीय सदस्यले छान्ने


    सोमबार, साउन २५ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

    पार्टी अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले छान्ने प्रस्तावसहितको विधान संशोधन एमाले केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले पारित गरेकाे हाे ।।

    उक्त प्रस्ताव अनुमोदन लागि जारी केन्द्रीय कमिटी बैठकमा पनि पेश गरिएको कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए ।

    यस्तै पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य हटाएर पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने प्रस्ताव पनि संशोधित विधानमा गरिएको छ ।

    तामाङका अनुसार केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर २२५ जनाको राख्ने, उपाध्यक्षको सङ्ख्या घटाउने र सचिवको सङ्ख्या बढाउने प्रस्ताव पनि विधानमा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार