Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूमिसम्बन्धी आयोग खारेजी भदौ १ गतेसम्मका लागि थमाैति


    सोमबार, साउन २५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

    देउवा नेतृत्वको सरकारले विघटन गरेको भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सोमबार न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले यस्तो आदेश दिएको हो ।

    अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ 

    सरकारले संवैधानिक दायित्व अन्तर्गत गठन गरेको आयोगलाई स्वामित्व ग्रहण नगरी राजनीतिक प्रेरणाबाट प्रभावित रही खारेज गरेको भन्दै अध्यक्ष देवी ज्ञवाली साउन २४ मा रिट लिएर सर्वोच्च पुगेका थिए । 

    हेर्नुहोस् आदेश

    devi-gyawali.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार