ललितपुर । ललितपुरबाट संरक्षित वन्यजन्तु भैँसेगोहोरोसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका ५ का ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ का १९ वर्षीय सुरेश विक र दोलखा तामाकोशी गाउँपालिका-५ का २३ वर्षीय सुमन विक रहेका छन् ।
उनीहरु आइतबार महालक्ष्मी नगरपालिका-१, इमाडोलबाट संरक्षित वन्यजन्तु भैँसेगोहोरोसहित पक्राउ परेका हुन् ।
भैँसेगोहोरो अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ३ जनामाथि नै अहिले कानूनी कारवाही शुरु गरिएको जनाइएको छ ।