Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एकाएक भीम रावलले किन गाउन थाले ओलीको भक्तिभजन ?


    सोमबार, साउन २५ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचकको परिचय बनाएका उपाध्यक्ष भीम रावल पछिल्लो समय संयम देखिन थालेका छन् । 

    प्रतिनिधि सभा विघटनदेखि दलहरुको आन्तरिक निर्णयमा अध्यक्ष ओलीले कानुन र विधि मिचेको बारम्बार आरोप लगाइरहने रावल पार्टी एकताको बाहनामा गत असार २० गते सोमबार राति बालुवाटारमा ओलीलाई भेटेर फर्किएपछि एकाएक नरम बन्दै गएका हुन् ।

    ओलीको  खरो आलोचकको परिचय बनाइसकेका रावल यसरी एकाएक नरम बन्नुमा नेताहरूले विभिन्न कोणबाट हेरेका छन् ।

    असार २० गते राति अध्यक्ष ओलीसँगको भेटपछि पार्टी एकताका लागि क्रियाशील बनेका उपाध्यक्ष रावल त्यसयता अध्यक्ष ओलीमाथि कटाक्ष र आलोचना गर्न छाडेका छन् । उल्टै अध्यक्ष ओलीको तारिफ गर्न थालेर भक्तिभाव देखाउन थालेको ओली र नेपाल दुवै समूहका नेताहरु बताउन छन् ।

    एकाएक उनको देखिएको फरकपनले नेपाल समूह सशंकित पनि बनेको छ । अध्यक्ष ओलीको क्रियाकलापबारे खुलेर विरोध गर्ने रावल असार तेस्रो हप्तादेखि शान्त देखिएपछि नेताहरु आश्चर्यचकित भएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार