काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरसझैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने टिप्पणी गरेका छन् ।
आइतबार राति पूर्वप्रधानमन्त्री भट्टराईले नेकपा एमालेको एकतातर्फ संकेत गर्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो टिप्पणी गरेका हुन्।
पछिल्लो समय एमालेको माधवकुमार नेपालपक्षले पार्टी अध्यक्ष केपी ओलीसँग सहमति गर्ने चर्चा चलिरहँदा अध्यक्ष भट्टराईको यस्तो भनाइ आएको हो।
उनले पहिलो भेरियण्टले संविधानको सशरीर हत्या गर्न खोजेको उल्लेख गर्दै दोस्रो भेरियण्ट संविधानको आत्मा मार्नेगरी आउनसक्ने भन्दै एकता नगर्न सुझाब दिएको बुझ्न सकिन्छ।
एमाले अध्यक्ष ओलीले दुई पटक प्रतिनिधि सभाविघटन गरेका थिए। उक्त कदमले संविधानको सशरीर हत्या गर्न खोजेको उल्लेख गर्दै अब चालिने कदमले संविधानको आत्म नै मार्ने बाबुरामको भनाई रहेको छ । यस्तो अवस्थामा आफ्नो पार्टी वा गुटतिर नफर्कनसमेत उनले अपिल गरेका छन्।
अध्यक्ष भट्टराईले ट्वीटमा भनेका छन्, ‘कोरोनाझैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ। अत: ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं !’
कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं!
— Baburam Bhattarai (@brb1954) August 8, 2021
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend