Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले केन्द्रीय कमिटी बैठक आज, पार्टी एकताको सम्भावना कति ?


    सोमबार, साउन २५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । 

    यसअघि आइतबारका लागि बोलाइएको बैठक आज बस्ने गरी स्थगित भएको थियो । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्दैछ। 

    पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको बिहीबार र शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आइतबारको बैठक रोक्न औपचारिक रुपमै आग्रह गरेपछि स्थगित भएको हो। 

    एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल, पार्टी एकताका निम्ति नयाँ रणनीति र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे समिक्षा गरिने छ। 

    तर, केन्द्रीय कमिटी बैठक भन्दा अघि बिहान ११ बजे  पार्टीकाे  स्थायी कमिटी बैठकसमेत बस्ने  तामाङले बताए । बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने अजेण्डा तय गर्ने  तामाङको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार