Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज साउन २५ गते सोमवारको राशिफल


    सोमबार, साउन २५ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

    कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समय देखि भेट नभएका मित्रहरू सँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । शेयर बजारको लगानीले सफलता मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    अनावश्यक यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी बिच खिन्नता बढ्न सक्छ । मनमा निराशा र शरीरमा आलस्य आउला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

    आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

    आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । व्यावसायिक काम राम्रै हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
    आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 
    – ज्यो.प. नारायणप्रसाद दुलाल 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार