Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूमि आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा ४ रिट दर्ता


    आइतबार, साउन २४ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । भूमि आयोग खारेजीविरुद्ध आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली सहित  चार जनाले सर्वोच्चमा रिट दायर गरेका छन् ।

    सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिष्टार) बाबुराम दाहालका अनुसार भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् ।

    ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र  एक बहादुर लुवागुनले रिट दर्ता गराएका छन् । रिटमा सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ । 

    गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार