Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद पौडेलकाे आरोप: देउवाले एमाले फुटाएर मन्त्रिपरिषद् विस्तार गर्न खोजे


    आइतबार, साउन २४ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेकी सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको आरोप लगाएकी छिन् । 

    आइतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र मन्त्रिपरिषदमा समावेश गरौंला भन्दै देउवाले दाउ हेरेर बसेकाे आरोप लगाएकी  हुन् ।

    ‘सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाइन गराउँला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन्, चिन्ता फेरी संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ,’उनले भनिन् ।

    सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै सरकारलाई कमजोर बनाउन सो प्रयासको बन्धक नबन्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण पनि गराएकी छन् ।  

    सांसद राईले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बिस्तार गर्न नसक्ने लज्जाजनक अवस्था आएको प्रतिक्रिया समेत गरिन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार