Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २,५४८ जना कोरोना संक्रमित थपिंदा ५५ को मृत्यु


    आइतबार, साउन २४ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ । यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ । 

    संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ । 

    हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार