Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिमखोलामा सुमो दुर्घटना: चालकको मृत्यु , चार घाइते


    आइतबार, साउन २४ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

    मृत्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार