Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    आइतबार, साउन २४ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले सस्तो भएको छ । शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।

    यस्तै तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ । शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको आजको कारोबार मूल्य ८९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले सस्तो बनेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा काराबोर भइरहेको छ । शुक्रबार एक हजार २६५ रुपैयाँ चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार