Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कम्युनिष्ट नेता–कार्यकर्ता उल्टो दिशामा हिँडिरहेको बाबुरामको आरोप


    आइतबार, साउन २४ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेता–कार्यकर्ता उल्टो दिशामा हिँडिरहेको आरोप लगाएका छन्। 

    जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका  भट्टराईले विभिन्न घटकमा विभाजित कम्युनिष्ट नेता कार्यकर्तालाई अब नयाँ विचारसहित समाजवादी ध्रुवीकरणमा लाग्नसमेत आग्रह गरेका छन्।

    शनिबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले लेखेका छन्,  ‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह : मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो ? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा कसरी पुगिएला? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार