Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डको प्रतिबद्धता : बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्छ


    आइतबार, साउन २४ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मनाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

    हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको शनिबार भ्रमण तथा अवलोकन गर्ने क्रममा प्रचण्डले भने, ‘यो सरकारको साथ तपाईँहरुलाई छ, तपाईँहरुको दुःखको साथमा हामी छौँ, गठबन्धन सरकार छ ।’

    यस्तै, अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक र मनाङमा १०० वर्ष यताकै ठूलो बाढी र पहिराले धेरै क्षति पु¥याएको उल्लेख गर्दै यसको समाधानका लागि भूगर्भविद्बाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउने बताए ।  ‘तत्कालका लागि प्रभावित जनताको बसोबास र खाद्यान्न व्यवस्था गर्नेछौँ, दीर्घकालीन रूपमा पनि हामीले योजना बनाउने छौँ,’ प्रचण्डले भने। 

    पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ, चामे, नासों गाउँपालिकाका विभिन्न वडाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार