Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एक ब्यक्तिको अहंकारले पार्टीमा समस्या आयो : नेपाल


    शनिबार, साउन २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक ब्यक्तिको अहंकारले समस्या आएको बताएका छन्। वरिष्ठ नेता नेता नेपालले केपी ओलीको  ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीमा समस्य पैदा भएको बताएका छन् ।

    नेपालले आज आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै  पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयास पर्याप्त नहुने पनि बताए ।वरिष्ठ नेता नेपालले पार्टी एकताका नाममा बाँदरे नाच प्रदर्शन गरिएको पनि बताएका छन् । उनले आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने पनि बताएका छन् । ‘त्रुटी नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटी हुन सक्दछ । सबै सुध्रिउन् ।

    देश, जनता र राष्ट्रका लागि समर्पित होऔं’ उनले भने । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन् । अध्यक्ष ओलीको अभिव्यक्ति र कार्यशैलीका कारण पार्टी एकतामा समस्या उत्पन्न भएको नेता नेपालले बताउँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार