Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानमा थप ३८५ लडाकू मारिए, २१० घाइते


    शनिबार, साउन २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काबुल । अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकू मारिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु २१० जना घाइतेसमेत भएका छन् ।

    देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्तसमेत भएको जनाएका छन् । विषेश गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलान र कापिसा प्रान्तमा घटना भएका हुन् ।

    पछिल्ला केही हप्ता अफगानिस्तनमा सुरक्षा कारबाहीमा परी मृत्यु भएकाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । तालिवान लडाकूले देशका विभिन्न सहरलाई आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन् । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार