काठमाडौं । बितेको २४ घण्टामा थप ३,२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३,५७३ जनामा गरिएको परीक्षणमा ३,२१८ जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा थप १,७२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ, भने सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४३२ रहेको छ ।