Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साताको शेयर बजार : ६४ अर्ब ५२ करोडको कारोबार


    शनिबार, साउन २३ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौँ । जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ । लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण शेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

    बैंक तथा वित्तीय संस्थामा एथेष्टमात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान शेयर बजारमा केन्द्रित भएको छ । सोही कारण शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । कारोबार रकमसमेत यस साता रु १५ अर्बभन्दा बढी देखिएको छ । साउन लागेपछि लगातार उकालो लागेको नेप्सेले यस साता तीन हजार १०० बिन्दुको यात्रा गरिरहेको छ ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । केन्द्रीय बैंकले केही दिन पहिले बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरे पनि बजारमा त्यसको खासै प्रभाव परेको जस्तो देखिँदैन । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर औसतमा २२६ कम्पनीको कूल १० करोड ४० लाख २४ हजार ९११ कित्ता शेयर कारोबार भयो । कूल रु ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९६६ मूल्य बराबरको शेयर किनबेच भयो ।

    साताको पहिलो दिन लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा देखिएको थियो । सो दिन अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो । जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०.६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको थियो ।

    त्यसदिन सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, युनिभसर्सल पावर, ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो । यस्तै ङादी ग्रुप अफ पावर ९.८३, सिइडिबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए । तर नेप्सेमा भने झिनो सुधार मात्रै भई १.२५ बिन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ बिन्दुले बढेर ५७२.१५ मा पुगेको थियो ।

    कूल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता शेयर रु १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ मूल्यमाा खरिद बिक्री भए । त्यस दिनको कारोबार पछि बजार पूँजीकरण रु ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ बराबर पुगेको नेप्सेको विवरणमा उल्लेख छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुग्यो ।

    कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो । त्यस दिन घलेम्दी हाइड्रोपावरको शेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । कूल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर रु १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ मूल्यमा खरिद बिक्री भए ।

    सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको शेयर परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लाग्यो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार