Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वाग्मती गाउँपालिकामा मोटरसाइकल दुर्घटना: एकको मृत्यु


    शनिबार, साउन २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । वाग्मती गाउँपालिका– ३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ ।

    महानगरीय प्रहरीवृत्त चापागाउँका अनुसार मृत्यु हुनेमा कलङ्की घर भएका ४८ वर्षीय निरज खनाल छन् । एउटै साधनमा दुवै व्यक्ति कान्ति लोकपथ भएर हेटौँडा जाने क्रममा बा ४५ प ४९०६ नंको मोटरसाइकल निरन्तर वर्षाले सडक बिग्रेका कारण २०० मिटर तल खसेको थियो ।

    दुर्घटनामा घाइते भएका अर्का व्यक्ति धोबीघाट घर भएका ४७ वर्षीय निरञ्जनसिंह हमालको भने अहिले पाटनमै उपचार भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले बताउनुभयो । बिहान दुर्घटना भएको सूचना पाएर घटनास्थल पुग्दा दुवै व्यक्ति घाइते भएकाले पाटन ल्याएर उपचार गर्ने क्रममा खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार