Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भन्सारछलीमा प्रहरीदेखि सशस्त्रकै संरक्षण, हाकिमलाई घुस, तस्कर खुस 


    शनिबार, साउन २३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • सर्लाही । प्रहरीकै संरक्षणमा भन्सार छलीका सामान ओसारपसार हुने गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखकै मिलेमतोमा सर्लाहीमा भन्सारछली गरी सामान ओसारपसार गरेर राजस्व मार्ने काम भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) नै घुस उठाउनमा व्यस्त रहेका छन् । उनले जुम्लाको यार्सागुम्बा, जुम्लाकै नागरिकको पहिलो प्राथमिकतामा पर्ने उदाहरण दिँदै भन्सार छलीका सामानहरुबाट चर्को कमिसन उठाउने गरेका पाइएको छ । 
    ५१ किलोमिटर खुल्ला सिमाना रहेको सर्लाहीमा तस्करहरुले भन्सार छलीका कपडा, सूर्ति, खैनी, गुट्खा, चिनी, खानेतेल तथा मलखादका साथै विभिन्न किसिमका लागुऔषध समेत नेपाली बजारमा ल्याएर बेच्ने गरेका छन् ।

    नेपाल प्रहरीका एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरी बल १० नम्बर( हेडक्वाटर) गण कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ मिलेर भन्सार छलीका सामानहरुको लाइन मिलाइदिएर चर्को कमिसन लिने गरेका आरोप छ ।

    भन्सार छलीका सामानहरु कहीँ कतै बाध्य भएर प्रहरीले नियन्त्रणमा लिएपछि एसपीद्वय राठौर र श्रेष्ठले चर्को घुस असुल्ने गरेको सार्वजनिक भएको हो । स्रोतका अनुसार प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाउन मासिक रु. ५ लाख खर्च गर्ने गरेका छन् । तल्लो तहका प्रहरी कर्माचारीहरुले भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको भए पनि तस्करहरुले माथिबाट फोन गर्न लगाएपछि बाध्य भएर छोड्नुपरेको प्रहरी कर्माचारीहरुले नै बताउने गरेका छन् ।

     तस्करहरुले एसपी राठौर र सशस्त्र प्रहरीका उपरीक्षक श्रेष्ठलाई तोकिएको मासिक दररेट बुझाएर तस्करीको लाइन सुचारु गराएका छन् ।  प्रहरी तथा सशस्त्र प्रहरी निरीक्षकहरुको पनि घुसको दररेट तोकिएको छ । ५ लाख मासिक घुसको दररेटमा २-२ लाख एसपीद्वयलाई र १ लाख निरीक्षकका लागि छुट्याउने गरेको सूचना तस्करहरुबीचबाट लिक भएको छ ।

    अनुसन्धान उपनिर्देशक दिलिपकुमार सिंहले करारमा आफुखुसी राखेका अभिषेक सिंहबाट घुस लिने गरेका छन् । बलरा एरियामा रहेका अभिषेकले भन्सार छलीका सामानहरुबाट कतै पत्रकार हुँ भन्दै त कतै अनुसन्धानको मानिस हुँ भन्दै कमिसन उठाउने र अनुसन्धान उपनिर्देशक सिंहलाई समेत दिने गरेका अनुसन्धानकै कर्मचारीहरुले चुहाएका छन् ।

     विश्वव्यापी कोरोना महामारी अवस्थामा सुरक्षा निकाय र सुरक्षाकर्मीको ध्यान भने घुस असुलीमै केन्द्रित छ भन्ने सर्लाहीमा देख्न सकिन्छ । भन्सार छलीका सामानहरु र गैरकानुनी क्रियाकलापहरुबाट कसरी रकम बढी भन्दा बढी असुल्ने भन्नेमा नेपाल प्रहरी र सशस्त्रका हाकिमहरुको ध्यान केन्द्रित रहेको छ । दुवै प्रहरी संगठनका एसपीको सरुवा हुने समय हुन लागेको छ । सरुवाको समय नजिक भएकाले मौकामा चौका हान्दै तस्करहरुबाट असुली गर्न तल्लीन छन् ।

    यसैबीच, सर्लाहीको लालबन्दी क्षेत्रका होटलहरुमा यौनधन्दा मौलाएको छ । एसपी राठौरको निर्देशनमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापा मार्फत् घुस असुलिरहेका छन् ।

    एसपी राठौरले सार्वजनिक कार्यक्रममा आफ्ना तर्क राख्ने क्रममा पनि भन्सार छलीका सामानहरु ल्याउन दिनुपर्ने बताएका छन् । सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले तल्लो तकका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको भन्सार छलीका सामानहरु तस्करलाई नै जिम्मा दिने गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार