Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पक्षकाे आराेप: ओली पक्षले एकता प्रयास खल्बल्याउँदै छ


    शुक्रबार, साउन २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले एकताको प्रयास भइरहेका बेला क्रियाशील सदस्यता थप्ने, नवीकरण गर्ने लगायतका क्रियाकलाप गरेर केपी ओली पक्षले एकता प्रयास खल्बल्याउन लागेकाे आराेप लगाएकाे छ ।

    नेपाल पक्षको केन्द्रीय समिति बैठकमा बाेल्दै नेताहरुले असोज पहिलो साता ओली पक्षले वडा र पालिका तहमा अधिवेशन गर्ने तिधि निर्धारण गरेको भन्दै यसले एकता प्रयासलाई खल्बल्याएको आरोप लगाएका हुन् ।

    ती अधिवेशन तत्काल रोक्नुपर्ने माग गर्दै नेता नेपालले सम्मानजनक एकताका लागि प्रयास जारी रहेको बताएका थिए ।

    रघुजी पन्तले पत्रकारहरुलाई यसबारे जानकारी दिँदै प्रतिनिधिसभा विघटन बेठीक थियो र सर्वोच्चको फैसला ठीक छ भन्ने ओली पक्षको धारणा आउनुपर्ने बताएका थिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार