Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस प्रवक्ताको देउवा सचिवालयलाई पत्र : उहाँलाई सल्लाह र साथ दिने हो, भिडियो बनाउने होइन


    शुक्रबार, साउन २२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा सचिवालयको ध्यानाकर्षण गराएका छन्।

    पार्टी सभापति समेत रहेका देउवाबारे उनको सचिवालयले सकारात्मक कुराहरूको भिडियोबनाउँदै सार्वजनिक गर्न थालेपछि प्रवक्ता शर्माले त्यसको ध्यानाकर्षण गराएका हुन्।

    बिहीबार राति सामाजिक संजालमा ट्वीट गर्दै प्रवक्ता शर्माले यो भिडिओ बनाउने नभएर काम गर्ने बेला भएको उल्लेख गर्दै सचिवालयलाई भनेका छन्,’ ‘उहाँलाई सही सल्लाह र साथ दिने बेला हो,’ शर्माले लेखेका छन्, ‘काम राम्रो भए जनता आफैंले बनाउने छन् भिडियो नत्र पार्टीले बनाउला।’

    यस्तै, शर्माले ‘पहिले फूल रोपेर गोडमेल गरेपछि सुवास प्रकृतिले नै फैलाउने दाबी गरेका छन्। 

    पछिल्लो समय प्रधानमन्त्री देउवाकै अनुमतिमा उनको सचिवालयले सकारात्मक कुराहरूको भिडियो बनाएर बाहिर ल्याउन थालेको थियो।

    देउवाले गरेका राम्रा काम उल्लेख गरेर भिडियो सार्वजनिक गरेपछि उनको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार