Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन बोलाइयो


    बिहिबार, साउन २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आगामी साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।

    विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै विशेष बैठकको माग गरेका थिए । 

    विपक्षीले विशेष बैठकका लागि समावेदन गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको विशेष बैठक बोलाएको प्रदेश सभा सचिवलायले सूचना जारी गरेको छ ।

    ८० सदस्यीय प्रदेश सभामा एमालेका ३८ सांसद छन् भने विपक्षी दल काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राजमोका १ सांसद छन् ।

    मुख्यमन्त्री पोखरले हालसम्म स्पष्ट अल्पमतमा देखिएका छन् । तर, माओवादीका एक सांसद सभामुख भएकाले अविश्वासको प्रस्ताव पारित गर्न पनि विपक्षीलाई समस्या छ । कुनै एक सांसदले तलमाथि गर्दा विपक्षीहरुले राखेको अविश्वासको प्रस्ताव असफल हुने सम्भावना पनि छ ।

    suchana patra 1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार