Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्मानजनक हैसियतविना ओलीसँग एकता गर्नु राजनीतिक आत्महत्या हुन्छः माधव नेपाल


    बिहिबार, साउन २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नकेपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी शर्मा ओलीसँग सम्मानजनक हैसियतमा एकता नगर्ने हो भने राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् ।

    माधव नेपाल समूहको आज भएको केन्द्रीय समितिको बैठकमा नेता नेपालले उक्त धारणा राखेका हुन् । ‘ओली समूहसँग सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नभएसम्म उनीहरुसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुन्छ । नेता नेपालको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने । 

    पार्टीका स्थायी समिति सदस्यहरु एकाधबाहेक सबैले निःसर्त एकतामा जोड दिएपछि नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने कुरामा जोड दिएका हुन् । 
    नेता नेपालले केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘पार्टी एकता गर्ने कुरामा आफ्नो कहिल्यै बिमति नरहेको तर सम्मानजनक हैसियतबिना एकता भएमा भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार आफू नै हुनुपर्छ, मप्रति नै सबैले औंला ठड्याउँछन् । त्यसकारण गम्भीरतापूर्वक सोचबिचार गरेर एकता गर्नुपर्छ ।’

    ओलीका पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको बिचार नेता नेपालले राखेका छन् । हामी एकताको पक्षमा सकारात्मक छौं, ओलीकै केही साथीहरु पनि एकताको लागि लागिरहेका छन्, तर केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन । नेता नेपालले ओली एकताप्रति इमान्दार नभएको यसबाट पनि पुष्टि हुने बताएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार