काठमाडौँ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४औँ महाधिवेशन नहुने देखिएपछि भदाै २३ गतेपछि शेरबहादुर देउवालाई सभापति नमान्ने चेतावनी दिएको छ।
आउँदो भदौ १६ देखि १९ गतेसम्म निर्धारण गरिएको पार्टीको १४औँ महाधिवेशन अनिश्चित भएको ठहर गर्दै पौडेल पक्षले भदौ २३ पछि देउवालाई सभापति स्वीकार नगर्ने चेतावी दिएको हो ।
चार वर्षका लागि सभपातिमा निर्वाचित भएका सभापति देउवाले पार्टी विधानले दिएको एक वर्ष र संविधानले दिएको थप ६ महिना कार्यकाल पूरा गर्दा पनि १४औँ महाधिवशेन हुने देखिएकाे छैन ।
बिहीबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षीय नेताहरुको बैठकले देउवा नेतृत्वको कार्य समितिलाई नमान्ने बताएको बैठक सहभागी एक नेताले जानकारी दिए ।
बिहीबारको छलफलमा पौडेलसँगै नेताहरु सिंह, महामन्त्री शशांक कोइराल, अर्जुन नरसिंह केसी, बलबहादुर केसी र मिनेन्द्र रिजाल सहभागी थिए ।
संस्थापन पक्षले तल्ला तहको अधिवेशन सुरु गरेर प्रदेश अधिवेशन र महाधिवेशन पछि गर्ने तयारी गरेपछि पौडेल पक्षले निर्धारित मितिमै अधिवेशनका लागि दबाब दिएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend