Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरेन्द्र पाण्डे र योगेश भट्टराईले छाडेकै हुन् त नेपालकाे साथ ?


    बिहिबार, साउन २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । 

    नेपाल समूह निकटका भनि चिनिँदै आएका पाण्डे र भट्टराई बिहीबार नेपाल समूहकाे बैठकमा सहभागी नभएपछि क्याम्प परिवर्तन गरेको आशंका गरिएको छ । 

    नेपाल समूहमा रहेका उनीहरु गत असार २७ गतेको १० बुँदे सहमतिपछि अलमलमा जस्तो देखिएका थिए । तर, बिहीबारको बैठकमा अनुपस्थित भएपछि पाण्डे र भट्टराई नेपाल समूह छाडेको भन्दै चर्चा भइरहेको छ । 

    तर, कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण पाण्डे र भट्टराई बैठकमा सहभागी नभएको बताइएको छ । यद्यपि, उनीहरुले बैठकमा सहभागी नहुनुको कारण भने सार्वजनिक गरेका छैनन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार