Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल पक्षको बैठक बस्दै, सरकारमा जाने कि पार्टी एकता गर्ने भन्ने विषयमा निर्णय हुने


    बिहिबार, साउन २१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेकाे माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बस्दै छ ।

    आजको बैठकमा सरकारमा जाने की पार्टीसँग एकता गर्ने भन्ने विषयमा छलफल हुने एमाले नेताहरुको भनाइ छ । 

    पार्टी एकाताका लागि अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक गरिएको कुरामा सहमति हुन नसकेपछि नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने विषयमा अलमलमा परेको छ । 

    प्रतिनिधिसभा पुनर्स्थापना र नयाँ सरकार बनेपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार