Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको ‘पुच्छर’ बनेर माधव नेपालको ‘खेदो’ खन्ने सूर्य थापाको राजनीति !


    बिहिबार, साउन २१ २०७८
    935
    Shares
  • २ मिनेट पाठ
  • निर्मल लामिछाने /  नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका राजनीतिज्ञ भन्दा पनि धेरै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थकका रुपमा चिनिन्छन् -सूर्य थापा। 

    एमालेका केन्द्रीय सदस्य रहेका थापा ओली प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार समेत रहेका थिए। हुन त थापा सल्लाहकारको भूमिकामा रहेपनि त्यो भन्दा बढी पार्टीकै बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आलोचना र खण्डन गर्नमै तल्लीन हुन्थे। 

    गत पुषमा तत्कालिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको पहिलोपटक विघटन गरेपछि ओलीको समर्थन र साथमा रहेर हो मा हो मिलाएका थापाले त्यसपछिका दिनहरुमा भने नेता नेपाललाई हदैसम्मको गाली ग रे। त्यसो त उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि छाडेनन्, अझ भन्नुपर्दा ओली र ओली प्रवृतिदेखि आजित भएका कुनै पनि नेताहरुलाई बाँकी राखेनन् ।

    सत्तामा बसेर दुइदुई पटक प्रतिनिधिसभा विघटन गर्ने ओलीको शासनकालमा उनले जे गरे जति गरे सबै सामाजिक संजालभित्र मात्रै गरे। राजनीतिक छबि भएका नेतामध्ये उनी बिल्कुलै फरक थिए. कारण थियो उनले चयन गर्ने शब्द र वाक्यहरु। 

    पार्टीभित्रको आन्तरिक द्वन्दमा सधै माधव पक्षको मात्र गल्ती देख्ने र अध्यक्ष ओलीले जे जसो गर्दा पनि सही ठान्ने उनको यो प्रवृतिले उनको राजनीति पनि ओलीको आडमा मात्र टिकेको स्पष्ट हुन्छ। 

    ओली सत्तामा हुँदा आफ्नो बल र बुद्दिले सकेको कटाक्ष र खेदो खन्नमा तल्लीन रहेका थापाले अहिले सत्ता बाहिर हुँदा पनि छेड्न छाडेका भने छैनन्। ओली पक्षले बोलाएको बैठक बैधानिक र नेपाल पक्षले बोलाएको बैठकलाई गाइजात्रे अझ गोरुजात्रेको संज्ञा दिने उनी भोलीका दिनमा नेपालसँग पुर्नामिलन हुँदा कुन मुख देखाउछन् होला ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार